Nilo Prem by Purushottam Bajagai
Rs 675
In Stock
0.5 kg
Category: Book
Product Description
Listed in Top 20 Bestseller Nepali Books in 20 years, Nilo Prem has become one of the favorite books of so many readers just in a year. २० वर्षका २० बेस्टसेलर बुकमा स्थान पाएको नीलो प्रेमले मात्र एक वर्षमै हजारौं नेपाली पाठकको मन जित्न सफल भएको छ । नीलो प्रेम २०८२ मा सर्वाधिक बिक्री भएको पुस्तक हो । प्रकाशकको भनाइ : 'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ- कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरूका जीवनमा मसीझैँ नीलाम्य डामहरू पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।